महिलाले पुलिस बोलाएर खोलिन् ४२ वर्ष पुरानो डरलाग्दो रहस्य, पुलिसलाई पत्याउनै गाह्रो

२६ आश्विन २०७५

banner

एजेन्सी। इङल्याण्डमा एक वृद्ध महिलाले केही समयअघि पुलिसलाई फोन गरिन् र बताइन् कि उनले सन् १९७६ मा एक व्यक्तिको हत्या गरेकी थिइन् र लाशलाई जमिनमा गाडेकी थिइन् । यति हुँदा पनि पुलिसले महिलालाई पक्राउ भने गरेन । महिलाको उजुरीपछि पुलिसले केस रि–ओपन गरेको थियो तर कुनै प्रमाण पाउन सकेन । यहाँसम्म की पुलिसलाई त महिलाले बताएको कहानीमा पनि शंका छ । पुलिसले ती महिलाले पब्लिसिटीको लागि यो सब गरेको बताएको छ महिलाले भने आफ्नो दावी सत्य भएको बताएकी छिन् । 

इङल्याण्डको न्यूमिल्स शहरकी ६८ वर्षकी जेनेट होल्ट नामकी महिलाले पुलिसलाई फोन गरेर आफूले गरेको अपराध सुनाएकी हुन् । उनले लाश खेतमा गाडेको बताइन् । महिलाका अनुसार त्यतिबेला उनका बिजनेस पार्टनर फ्रेड हेंडफोर्डने उनलाई दुई पटक बलात्कार गरेका थिए । त्यसपछि महिलाले उनलाई गोली हानेर मारेकी थिइन् । तर, घटनापछि उनको लाश कहिल्यै भेटिएन र उनले आत्महत्या गरेको मानियो । 

महिलाले आफूले यो कुरा पूरै बिर्सिसकेको तर अहिले साइक्लोजी थेरापी गरेपछि उनलाई सबै याद आएको बताइन् । जेनेटको उजुरीपछि पुलिसले केस रि ओपन गर्यो । महिलाले बताएको ठाउँमा खनेर पनि हेरियो तर लाशको अवशेष भेटिएन । महिलाको दावीअनुसार त्यहाँ १९८० को दशकमा पाइपलाइनको लागि खाल्डो खनिएको थियो । त्यही खाल्डो खन्दा निस्किएको माटोमा लाश पनि गएको हुन सक्ने उनको दावी छ । 

१९७६ मा फ्रेड रहस्यमय तरिकाले हराएका थिए । पुलिसले उनलाई निकै खोज्दा पनि केही भेटिएन । जाँचको क्रममा एक जनाले फ्रेडले आफूलाई कोइलाको खानीमा हाम्फालेर आत्महत्या गर्ने बताएको बयान दिए । त्यसपछि यही बयानको आधारमा केस बन्द गरिएको थियो । पुलिसले आर्थिक समस्याका कारण उनले आत्महत्या गरेको अनुमान गरेको थियो । अहिले जेनेटको दावीपछि पुनः अनुसन्धान गरेको पुलिसले जेनेटको दावी झुटो भएको दावी गरेको छ । 

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष