विश्वकपको अभ्यास खेलमा दक्षिण अफ्रिकाद्वारा श्रीलंका पराजित

११ जेठ २०७६
banner

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अघिको अभ्यास खेलमा दक्षिण अफ्रीकाले श्रीलंकालाई पराजित गरेको छ । कार्डिफमा शुक्रबार भएको खेलमा दक्षिण अफ्रीकाले श्रीलंकालाई ८७ रनले पराजित गरेको हो ।  

दक्षिण अफ्रीकाले दिएको ३३९ रनको लक्ष्यसहित ब्याटिङमा उत्रेको श्रीलंका ४२ ओभर २ बलमा २५१ रन जोड्दा अलआउट भयो । श्रीलंकाका लागि कप्तान दिमुथ करुनारत्नेले ८७ तथा एञ्जेलो म्याथ्युजले ६४ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै कुशल मेन्डीसले ३७ रन जोडे । श्रीलंकालाई सस्तैमा समेट्न दक्षिण अफ्रीकाका एन्डिले लक्कीले ४ विकेट लिए । यस्तै लुंगी नेगिले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले ५० ओभरमा ७ विकेट गुमाएर ३३८ रन जोडेको थियो । दक्षिण अफ्रीकाका लागि कप्तान फाप डु प्लेसिसले ८८ तथा हसिम अमलाले ६५ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै भान डेर डुसेनले ४० तथा एन्डिले लक्कीले ३५ रन बनाए । श्रीलंकाका सुरंगा लकमाल र नुवान प्रदीपले २–२ विकेट लिए ।

इंग्ल्याण्ड र वेल्समा हुने विश्वकपको तयारीका लागि दुवै राष्ट्रले अभ्यास खेलेका हुन् । विश्वकप यहिँ मे ३० बाट सुरु हुनेछ । 

ताजा भिडियो

काँग्रेसले निहुँ खोज्यो भन्दै पत्रकार सम्मेलनमा यसरी प्रस्तुत भए प्रधानमन्त्री KP Oli l Highlight l

धमलालाई प्रधानमन्त्रीको हमला-तपाँइले हैन संस्कृतिको मुटुमा छुरा हानियो भन्या? PM Oli and Dhamala l

संसदमा हंगमा पछि कसले के प्रतिकृया दिए ? देउवा देखि बाबुराम अनि सुवास नेम्वाङ र अन्य नेता । Samsad l

संसदमा अर्को ठूलो हंगामा, प्रधानमन्त्री घेराबन्दीमा, सम्बोधन नै स्थगित । Samsad Hangama l PM KP Oli