आमाको मृत्युमा पनि बलिंग गरेका यासिरले तोडे ८२ वर्ष पुरानो विश्वकीर्तिमान

२० मङ्सिर २०७५

banner

एजेन्सी । पाकिस्तानका यासिर शाहले बिहीबार टेष्ट क्रिकेटमा आफ्नो विकेट संख्या २ सय पुर्याएका छन् । उनी सबैभन्दा कम टेष्टमा यति विकेट लिने बलर बनेका छन् ।

शाहले न्यूजील्याण्डविरुद्ध तीन म्याचको सीरिजको अन्तिम टेष्टको चौथो दि विलियम सोमरविलेलाई एलबीडब्ल्यू गरेसँगै ८२ वर्ष पुरानो विश्वकीर्तिमान तोडेर आफ्नो नाममा गरे ।

शाहभन्दा पहिलो यो कीर्तिमान अष्ट्रेलियाका भिक्टर ग्रिम्मेटको नाममा थियो । ग्रिम्मेटले १५ फेब्रुअरी १९३६ मा आफ्नो ३६ औं टेष्टमा २०० विकेट पूरा गरेका थिए । 

३२ वर्षीय लेग स्पीनर शाहले आफ्नो टेष्ट करिअर अक्टुबर २०१४ मा दुबईमा अस्ट्रेलियाविरुद्ध नै शुरु गरेका थिए । उनले डेब्यू म्याचमा ७ विकेट लिएका थिए । उनले आफ्नो १०० औं विकेट १७ औं टेष्टमा लिएका थिए । उनी सबैभन्दा थोरै टेष्टमा १०० विकेट लिने पाकिस्तानी खेलाडी पनि हुन् । उनले ५० विकेट लिन ९ टेष्ट खेलेका थिए । 

शाहले न्यूजील्याण्डविरुद्धको टेष्ट सीरिजको पहिलो दुई खेलमा २२ विकेट लिएका थिए ।

यो सीरिज शुरुहुनुभन्दा पहिला शाहकी आमाको मृत्यु भएको थियो । यस्तो अवस्थामा पनि उनले टीमका लागि सर्वाश्रेष्ठ प्रदर्शन गरे ।

दोस्रो टेष्ट जिताउन महत्वपूर्ण भूमिका खेलेका शाहले भनेका थिए, ‘टेष्ट खेल्नका लागि यहाँ आउन निकै मुश्किल थियो । म तनावमा थिएँ । आमाबिना पहिचान हुँदै । जब म खेल्थेँ आमा पाँच विकेटका लागि प्राथाना गर्थिन्, र भन्थिन किन ५, १० वा १५ किन हुँदैन ।’ उनले दोस्रो खेलमा पाएको १४ विकेटको उपलब्धि आमाको नाममा समर्पित गरेका थिए । 

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष