पाकिस्तानका यासिर शाहले सबैभन्दा छिटो २०० टेस्ट विकेट लिँदै तोडे ८२ वर्ष पुरानो रेकर्ड

२० मङ्सिर २०७५
banner

अबुधाबी। पाकिस्तानका क्रिकेटर यासिर शाहले सबैभन्दा छिटो २०० टेस्ट विकेट लिँदै नयाँ विश्वरेकर्ड बनाएका छन् । उनले आज आफ्नो २०० औं टेस्ट विकेट पूरा गरेका हुन् । यासिरको २०० औं शिकार न्यूजिल्याण्डका विलियम सोमरभिले भएका छन् । सोमरभिलेको यो डेब्यू टेस्ट हो । 

शाहले सबैभन्दा कम ३३ टेस्टमै २ सय विकेट पूरा गरेका हुन् । न्युजिल्याण्डविरुद्ध चम्किएका शाहले आजको इनिङमा दुई विकेट लिइसकेका छन् । उनले अघिल्लो टेस्टमा एक्लै १४ विकेट लिएका थिए । यससँगै ८२ वर्ष पुरानो रेकर्ड तोडिएको छ । शाहभन्न्दा पहिले सबैभन्दा कम खेलमा २ सय विकेट लिने खेलाडी अस्ट्रेलियाका क्लेरेन्स भिक्टर ग्रिम्मेट थिए । उनले १५ फेब्रुअरी १९३६ मा ३६ औं टेस्ट खेल्दै २ सय विकेट पूरा गरेका थिए । त्यतिबेलादेखि अहिलेसम्म यो रेकर्ड कसैले तोड्न सकेको थिएन । 

ताजा भिडियो

काँग्रेसले निहुँ खोज्यो भन्दै पत्रकार सम्मेलनमा यसरी प्रस्तुत भए प्रधानमन्त्री KP Oli l Highlight l

धमलालाई प्रधानमन्त्रीको हमला-तपाँइले हैन संस्कृतिको मुटुमा छुरा हानियो भन्या? PM Oli and Dhamala l

संसदमा हंगमा पछि कसले के प्रतिकृया दिए ? देउवा देखि बाबुराम अनि सुवास नेम्वाङ र अन्य नेता । Samsad l

संसदमा अर्को ठूलो हंगामा, प्रधानमन्त्री घेराबन्दीमा, सम्बोधन नै स्थगित । Samsad Hangama l PM KP Oli