जिदानले रियलका गोलकिपर नाभासलाई ‘क्लव छाडेर जाउ’ भने, आफ्ना छोरालाई दिँदैछन् अवसर

१ जेठ २०७६
banner

काठमाडौं। रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले क्लवका गोलकिपर केलर नाभासलाई ‘यही समरमा क्लव छाडेर जाउ’ भनेका छन् । मार्काको रिपोर्टअनुसार जिदानले यसरी क्लव छाडेर जान भनेका नाभास चौथो खेलाडी हुन् । यसअघि जिदानले क्लवका खेलाडीहरुसँग व्यक्तिगत रुपमा कुरा गर्दै उनीहरु आफ्नो भविष्यको योजनामा नरहेको भन्दै क्लव छाडेर जान भनेका थिए । जिदानले यसरी जान भनेका खेलाडीहरु ग्यारेथ बेल, ड्यानी सेबालोस र मार्कोस ल्योरेन्टे थिए । अब नाभास यो समूहमा चौथो खेलाडी बनेका छन् ।

यसअघि क्लवले हटाउन खोजेको भनेर चर्चा भएको भए पनि जिदानले मार्सेलोलाई भने क्लव नछाड्न भने । यसअघि थिबाउट कोर्टोइस र नाभासले पालैपालो पहिलो रोजाइको गोलकिपरको भूमिका निर्वाह गरेका थिए । कोर्टोइस यही सिजनको अगाडि चेल्सीबाट रियल आएका थिए । अब भने क्लवको पहिलो रोजाइमा कोर्टोइस मात्र रहने बताइएको छ । दोस्रो रोजाइको गोलकिपरमा जिदानले आफ्ना छोरा लुका जिदानलाई मौका दिने सोचाइ बनाएका छन् । 

ताजा भिडियो

भ्रष्टाचार गरेको प्रमाणित गर्नुस् झुण्डिएर मर्छु : कुलमान घिसिंङ | Kulman Ghising |

सभामुखले एक्कासी माईक काटेपछि,मच्चियो खैलाबैला | Samsad Baithak |

रामनारायण विडारी जोरसोरले बोल्दा सुन्ने सांसदको थामिएन हाँसो | Ram Narayan Bidari |

कांग्रेसमाथि आक्रामक सुरेन्द्र केसी | Surendra KC |