राष्ट्रपतिदेखि मन्त्रीसम्मको तलब बढ्यो, सामाजिक सञ्जालमा व्यापक विरोध

डिसी नेपाल
१९ साउन २०७६ ६:५९

काठमाडौं । चौतर्फी आलोचना खेपिरहेको सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री मन्त्रीको तलव वढाएपछि सामाजिक सञ्जालमा यसको व्यापक विरोध भएको छ। गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले बढ तलब आगामी साउन १ गतेदेखि नै लागू गर्ने निर्णय गरेको छ।

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्रीहरूको तलबमा १८ प्रतिशतले वृद्धि गरिएको छ। यसबाट राज्यले अब वार्षिक १८ करोड थप व्ययभार भोग्नुपर्नेछ।

अब राष्ट्रपतिको तलब १ लाख ७७ हजार पुग्ने भएको छ । यसअघि १ लाख ५० हजार थियो । उपराष्ट्रपतिको १ लाख २५ हजार, प्रधानमन्त्रीको ९१ हजार, सभामुख र उपसभामुखको तलब ७९ हजार हुने भएको छ।

कसको तलव कति ?

राष्ट्रपति – १ लाख ७७ हजार
उपराष्ट्रपति – १ लाख २५ हजार
प्रधानमन्त्रीको – ९१ हजार
सभामुख – ७९ हजार
उपसभामुख – ७९ हजार

नेपाल समाचारपत्रबाट




प्रतिक्रिया

One thought on “राष्ट्रपतिदेखि मन्त्रीसम्मको तलब बढ्यो, सामाजिक सञ्जालमा व्यापक विरोध

  1. कति लुट्न सकेका लाज सरम कहिँ नभएका हुतिहारा हरु तिमीहरुलाई एक दिन त अबस्य मर्नु नै पर्नेछ भन्ने थाहा छैन कि क्या हो ???????
    इतिहास मा के तिमीहरुको बारेमा समछ्या नहोला र धीकार छ जनताले तिरेको करबाट मोजमस्ती बाहेक जनतालाई के नै दिन सकेउ र तिमीहरुले ?????

    चित्र कंडेल

    हाल DUBAI

Leave a Reply to CHITRA Cancel reply

Your email address will not be published. Required fields are marked *