एक भारतीय जासुसको सनसनीपूर्ण खुलासा ‘रअले फालेको हो नेपालको राजतन्त्र’

डिसी नेपाल
१६ भदौ २०७६ १८:११

काठमाडौं। नेपालको राजतन्त्र भारतको इशारामा फालिएको आरोप राजवादी पार्टी राप्रपाका अध्यक्ष कमल थापाले लगाइरहन्छन्। यद्यपी ६२–६३ को जनआन्दोलनपछि गठन भएको संविधानसभाको बैठकले औपचारिक रुपमा २४० वर्षे शाह वंशीय राजतन्त्रलाई औपचारिकरुपमा विदाइ गरेको थियो।

तर कमल थापाको आरोपलाई बल पुर्याउने गरि एकजना भारतका पूर्व जासूसले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस (रअ)ले फालेको दावी गरेका छन्। रअका पूर्व निर्देशक अमर भुषणको हालै प्रकाशित पुस्तक ‘इन साइड’ नेपालमा उनले यस्तो दावी गरेका छन्।

पुस्तकमा उनले नेपालमा गणतन्त्र ल्याउन त्यतिबेला भूमिगत सशस्त्र बिद्रोह गरिरहेका माओवादी नेता प्रचण्डलाई धेरै फकाउनु परेकोसमेत उल्लेख गरेका छन्। पुस्तकमा दाबी गरिएको छ कि रअले तत्कालीन माओवादी नेता पुष्पकमल दाहाल प्रचण्डलाई फकाउन या मनाउन लामो समय खर्चेको र त्यसपछि प्रचण्ड राजतन्त्र विरुद्ध अरु राजनीतिक दलसँग हात मिलाउन तयार भए ।

विभिन्न चरणको वार्तापछि रअ प्रचण्डलाई मनाउन तयार भएको पुस्तकमा उल्लेख छ । प्रचण्ड रअको मनसायप्रति शसंकित थिए । त्यसैले उनले वार्ताका क्रममा रअका पूर्वी ब्यूरो प्रमुख जीवनाथनसँग, ‘तपाईँले किन यति धेरै चासो दिइरहनु भएको छ कि हामी राजाको शासनमा रहन्छौँ या लोकतन्त्रमा जान चाहन्छौँ ?’ भनेका बताइएको छ ।

सन् १९९० मा भारतको अनुसन्धान तथा विश्लेषण संस्था रअले नेपालको सक्रिय राजतन्त्रलाई संवैधानिक बनाउन अभियान सुरु गर्‍यो संवैधानिक प्रजातन्त्रका लागि मार्ग प्रशस्त गर्न । यो कुराको खुलासा रअका पूर्व विशेष निर्देशक अमर भूषणले आफ्नो पुस्तक ‘इनसाइड नेपाल’ मा गरेका हुन् ।

रअको जासुसी भिन्न विचारधारका राजनीतिक दललाई एक ठाउँमा ल्याउन मात्रै थिएन, आफ्नो पहुँच वा प्रभाव अति गोप्य रुपमा गर्नुमा थियो । जीवनाथनले सो क्रममा आफ्ना गोप्य एजेन्टहरु नियुक्त गरेका थिए । भुषणले आफ्नो पुस्तकमा प्रतिकात्मक नाम दिएका जीवनाथ जो रअको पूर्वी व्युरोका प्रमुख थिए, उनले राजा वीरेन्द्रको शासनकालभर एक विशेष युनिट सञ्चालन गरेको उल्लेख गरेका छन् ।

जीवनाथनले सो युनिट सन् १९८९–९० को बिचमा बनाएको जनाइएको छ ।

भारतको तत्कालीन राजीव गान्धी सरकारले नेपालमा भइरहेको जनआन्दोलनलाई सहयोग गर्ने निर्णय गर्‍यो । राजालाई दबाब दिन विभिन्न चरणमा भएका कूटनीतिक प्रयास असफल भएका थिए । त्यसपछि भारत सरकारले नेपालसँगको सीमा बन्द गर्‍यो र राजालाई प्रजातन्त्र स्थापित गर्न दबाब दिए ।

त्यसबिचमा राजाले चीनसँग सहयोगका लागि अपिल गरेका थिए । त्यो बिचमा रअका प्रमुख एके वर्माले जासुस जीवनाथनलाई नेपालमा विशेष अभियान चलाउन जिम्मा लगाएको भुषणको पुस्तकमा उल्लेख छ ।

रअको अभियानपछि धेरै नेपाली राजनीतिज्ञ जीवनाथलाई भेट्न गएको पुस्तकमा उल्लेख छ । तर उनी आफूले नियुक्त गरेका जासुसहरुलाई आफू अब सो नाममा अस्तित्वमा नरहेको भनेर गायब भएका थिए । यो सम्बन्धि समाचार भारतीय सञ्चार माध्यम डीएनएमा प्रकाशित छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *