महिला फुटबलः नेपाल भारतसँग पराजित

डिसी नेपाल
२१ मंसिर २०७६ १६:४०

पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा नेपाल भारतसँग पराजित भएको छ ।

पोखरा रंगशालामा शनिबार भएको लिगको अन्तिम खेलमा नेपाल भारतसँग १–० गोल अन्तरले पराजित भएको हो । भारतलाई जित दिलाउन बालादेबीले निर्णायक गोल गरिन् । उनले खेलको १८ औं मिनेटमा गोल गरेकी हुन् ।

लिग चरणको अन्तिम खेलमा पराजित भएसँगै नेपाल दोस्रो स्थानमा रहेर फाइनल पुगेको छ । अब नेपालले स्वर्णको लागि भारतसँगै खेल्नेछ । भारत लिग चरणमा अपराजित रहेर फाईनलमा पुगेको हो। महिला फुटबलमा माल्दिभ्सले कास्य जितेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *