संगीताले जितिन् कुस्तीमा ऐतिहासिक स्वर्ण

डिसी नेपाल
२१ मंसिर २०७६ १६:५०

जनकपुर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्तीमा नेपालकी संगीता धामीले स्वर्ण जितेकी छिन् ।

जनकपुरमा शनिबार ५५ केजीमा बंगलादेशका खेलाडीलाई हराएर संगीताले स्वर्ण जितेकी हुन् । संगीताले सार्केर रिमिलाई ४–१ ले हराईन् । कुस्तीमा नेपालले जितेको यो पहिलो स्वर्ण हो ।

योसँगै सागमा नेपालको स्वर्ण संख्या ४३ पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *