१३ औँ साग : आज १३ खेलमा प्रतिस्पर्धा हुँदै

डिसी नेपाल
२३ मंसिर २०७६ ९:१६

काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत आज १३ खेलमा प्रतिस्पर्धा हुँदैछ।

सागको नवौं दिन आज काठमाडौं पोखरा र जनकपुरमा गरी फुटबल,क्रिकेट,कबड्डी, बास्केटबल, ­­­­­­बक्सिङ, आर्चरी, स्क्वास, टेनिस, कुस्ती, जुडो, फेन्सिङ, पौडी, सुटिङ गरी जम्मा १३ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

महिला फुटबलको फाइनल खेल नेपाल र भारतबीच पोखरा रङ्गशालामा हुँदै छ भने कुस्ती जनकपुरमा हुँदैछ ।

त्यस्तै आज कबड्डी खेल सशस्त्र प्रहरी बलको कभर्डहल हल्चोकमा महिला र पुरुष दुवैको फाइनल खेल हुनेछ।

पुरुषतर्फ भारतले श्रीलंकासँग खेल्नेछ । महिलामा नेपाल र भारतबीच खेल हुनेछ । महिलाको फाइनल खेल १ बजे हुनेछ।

पदक तालिकामा आठौं दिनसम्म भारतले १४५ स्वर्णसहित अग्रता बनाएको छ । ४५ स्वर्णसहित नेपालले भारतलाई पछ्याईरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *