विप्लव निकट मोर्चाको पोर्चुगलमा शक्ति प्रदर्शन

डिसी नेपाल
७ फागुन २०७६ १४:५५

लिस्वन। नेकपा विप्लव समूह जनप्रगतिशिल मोर्चाले पोर्चुगलमा शक्ति प्रदर्शन गरेको छ। पच्चिसौं जनयुद्ध दिवस तथा वार्षिक साधारणसभाको अवसरमा मोर्चाले पोर्चुगलमा शक्ति प्रदर्शन गरेको हो।

जनयुद्ध दिवसको उपलक्ष्यमा राजधानी लिस्बनको अति ब्यस्त सडक मार्तिमुनिजदेखि आन्जुसको एभरेस्ट हलसम्म मार्चपास गरिएको जनप्रगतिशील मोर्चा पोर्चुगलले जनाएको छ। मार्चपासमा उल्लेख्य मात्रामा रातो टिसर्टधारी स्वयंसेवक सहभागी थिए।

नेपाली जनप्रगतिशील मोर्चा पोर्चुगलका अध्यक्ष पूर्ण बिकको अध्यक्षता तथा मोर्चाका युरोप अध्यक्ष विष्णु भुजेलको प्रमुख आतिथ्यता सम्पन्न साधारणसभामा मोर्चाका युरोप क्षेत्रका विभिन्न पदाधिकारीहरू, विभिन्न जातीय क्षेत्रीय र वैचारिक सङ्घठनका प्रतिनिधि उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मोर्चा निकटका वक्ताहरूले राष्ट्रिय स्वाधीनता सङ्कटमा परेको भन्दै चिन्ता व्यक्त गरे। भ्रष्ट्राचार देशको आम समस्या बनेको उल्लेख गर्दै उनीहरूले नेपाली भूमिमा विदेशी सेना क्याम्प जमाएर बस्दासमेत सरकार निरीह बनेको आरोप लगाएका थिए। सँगसँगै जनयुद्ध लडेको शक्तिलाई सरकारले प्रतिवन्ध लगाएकोमा पनि उनीहरूको आपत्ति थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *