आफूलाई अपहरण गरी आफ्नै बाबुसँग फिरौती मागेपछि…

डिसी नेपाल
२८ फागुन २०७६ १८:१४

मोरङ । अपहरणको नाटक गरी आफ्नै बाबुसँग फिरौती लिएको अभियोगमा मोरङ बुढीगंगा गाउँपालिका ३ बाँसबारी बस्ने २४ वर्षीय मुकेश कुमार महतो पक्राउ परेका छन्। प्रहरीले उनलाई सुनसरीको भन्टाबारीबाट सोमबार पक्राउ गरेको हो।
गत शुक्रबार घरबाट निस्केका मुकेश कुमारले आफ्नो मोबाइलबाट बाबुलाई फोन गरी आफू अपहरणमा परेको, अपहरणकारीले ३० लाख रुपैयाँ फिरौती मागेको र प्रहरीलाई खबर गरे ज्यान मार्ने धम्की दिएको बताएका थिए।

शुक्रबार र शनिबार अपहरणकारीले आफूलाई लाहानमा राखेर आइतबार धनुषाको जनकपुर र सोमबार कोशी ब्यारेजको बोर्डर छेउमा राखेको पनि बताएका थिए।

सोमबार उनका बाबुले २१ लाख रुपैयाँ फिरौती रकम दिएका थिए। घटनाको अनुसन्धानको क्रममा प्रहरीले उनकै घरमा मुन्सी काम गर्ने २५ बर्षीय कृष्ण राजवंशीलाई फिरौती रकम सहित पका्रउ गरेको थियो।

प्रारम्भीक अनुसन्धानका क्रममा मुकेश कुमारले आफूले १ बर्ष अगाडी ५ लाख रुपैयाँ सापट लिँदा मिटर ब्याजका कारण परिवारले ९६ लाख तिर्नुपरेको र अरु ५० लाखको समेत कागज गरेको र नतिरेमा ज्यान मार्ने धम्की आएकाले घर परिवारबाट पैसा माग्न लाज लागेर आफूले अपहरणको नाटक गरेको बताएका छन्। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीकार्यालय मोरङले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *