प्रचण्डले पूर्व माओवादी नेताहरुसँग भने-मलाइ चारै तिरबाट दबाव छ

डिसी नेपाल
१६ साउन २०७७ ११:०४

काठमाडौं। सत्तारुढ दलका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई कुनै एक पदबाट हटाएर सो स्थानमा आफू सर्वेसर्वा हुने गरी अगाडि बढिरहेका बेला आफ्नै निकटवर्तीहरुले साथ छाडेपछि तनावमा परेका छन्।

पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग मिलेर प्रचण्डले प्रधानमन्त्री ओलीलाई पार्टीका सबै कमिटी तथा संसदीय दलमासमेत अल्पमतमा पार्ने रणनीतिमा लागेका प्रचण्डलाई १० वर्षे द्वन्द्वकालदेखिकै सहयोगीले साथ नदिने सन्देश दिएका छन्। बिहीबार नेकपा स्थायी कमिटी सदस्य हरिबोल गजुरेलको नेतृत्वमा पूर्व माओवादीका ८ जना नेताले भेटेर प्रचण्डलाई पदको खेलमा साथ दिन नसकिने स्पष्ट पारेका छन्।

पूर्वमाओवादीतर्फका स्थायी कमिटी सदस्य हरिबोल गजुरेल, मणि थापा, टोपबहादुर रायमाझी, चक्रपाणि खनाल, जनार्दन शर्मा, देवेन्द्र पौडेलसहितका नेता बिहीबार दिउँसो प्रचण्ड निवास खुमलटार पुगेका थिए।

पछिल्लो समय पार्टीभित्र झागिँदै गरेको विवादका विषयमा छलफल गर्न उनीहरु खुमलटार पुगेका थिए। उनीहरुले साउन तीन गतेको सविचालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीले प्रस्ताव गरेको महाधिवेशन र पार्टी एकताको बाँकी काम पूरा गर्ने विषयमा बाहेक प्रचण्डका अन्य कदमलाई समर्थन गर्न नसकिने बताएका थिए।

 ‘मलाइ चारैतिरबाट दबाव छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तपाईँहरुलाई पनि दबाव होला।’ प्रचण्डले बारम्बार दबाव आएको कुरा गरेपछि कहाँबाट र कसले दबाव दियो भन्ने विषयमा भने केही पनि खुलाएनन्। तर उनको संकेत बाहिरी दबावतर्फ केन्द्रित भएको बैठकमा सहभागी एक नेताले बताए।

प्रचण्डसँगको भेटमा सहभागी स्थायी कमिटी सदस्य मणि थापाका अनुसार नेताहरुको कुरा सुनिसकेपछि प्रचण्डले आफूलाई चारै तिरको दबाव रहेको सुनाएका थिए। आफू पार्टी एकताको पक्षमा रहेको तर बाहिर केपी ओलीलाई एकताको पक्षधर र आफूलाई एकताको विरोधी जस्तो गरी प्रचार गरेको भन्दै प्रचण्डले गुनासो गरेका थिए।

‘हामीले एकता महाधिवेशन गर्ने र पार्टी एकताका बाँकी काम पूरा गर्ने विषयमा सधैं साथ दिने कुरा अध्यक्ष कमरेडलाई अगवत गरायौं,’ स्थायी कमिटी सदस्य मणि थापाले डिसी नेपालसँग भने, ‘उहाँले आफू सधैं पार्टी एकताको पक्षमा रहेको तर बाहिर आफूलाई एकता विरोधीको रुपमा प्रस्तुत गरेको गुनासो गर्नु भयो।’

सो भेटमा सहभागी एक नेताका अनुसार आफूलाई चारैतिरबाट दबावमा परेको जवाफ दिएका थिए। ‘मलाइ चारैतिरबाट दबाव छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तपाईँहरुलाई पनि दबाव होला।’ प्रचण्डले बारम्बार दबाव आएको कुरा गरेपछि कहाँबाट र कसले दबाव दियो भन्ने विषयमा भने केही पनि खुलाएनन्। तर उनको संकेत बाहिरी दबावतर्फ केन्द्रित भएको बैठकमा सहभागी एक नेताले बताए।

प्रचण्डलाई भेट्न पुगेका नेताहरुले पूर्व माओवादीका वरिष्ठ नेतालाई नजर अन्दाज गरेको, आफ्नो समूहको रक्षा गर्न नसकेको र माधव नेपाल पक्षधरलाई मात्र बोकेर हिँडेका कारण पूर्व माओवादी खेमाले प्रचण्डको साथ छोड्न थालेको बताएका थिए।

‘हिजो साथ दिने बामदेव गौमले तपाइँको साथ छोड्नु भयो, भीम रावलले पनि तपाईँको साथ छोड्नु भयो,’ नेताहरुले प्रचण्डलाई भनेका थिए, ‘तपाईँले पूर्व माओवादी पक्षका सिनियर नेतालाई पनि नजरअन्दाज गर्नु भयो। अब माधव नेपाल पक्षधरलाई मात्र बोहेर हिँड्दा पार्टी र तपाईँको पनि हित हुँदैन।’

जवाफमा प्रचण्डले आफ्नो लक्ष्य भनेको पार्टी एकता गर्ने र विधि पद्धति बसाउने भएको उल्लेख गर्दै पार्टी एकताको पक्षमा भूमिका खेल्न आग्रह गरेका थिए।
नेताहरुले विशेष गरी पूर्व माओवादीलाई बेवास्ता गर्दै माधव नेपाल पक्षसँग एलाएन्स गरेर पदका लागि मात्रै बार्गेनिङ गरेको भन्दै आपत्ति जनाएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *