ओली सूचीको केन्द्रीय सदस्यमा अटाए कोमल वलीदेखि मोती दुगडसम्म

डिसी नेपाल
१३ मंसिर २०७८ १२:१४
360
Shares

काठमाडौं।एमाले अध्यक्षमण्डलका अध्यक्ष केपी ओलीले सहमतिका लागि सार्वजनिक गरेको केन्द्रीय कमिटीको सूचीमा गायिका तथा सञ्चारकर्मी कोमल वलीदेखि उद्योगपति मोती दुगडसम्म अटाएका छन् ।आइतबार मध्यरात ओलीले सार्वजनिक गरेको केन्द्रीय कमिटीका ३०१ जनाको नाममा वलीको नाम खुला महिला समूहमा छ । मोती दुगडको नाम भने खुला जनजाति सूचीमा छ । दुगड एमालेलाई थापाथलीमा केन्द्रीय कार्यालय भवन मिलाइदिने व्यापारी हुन् ।

सूचीमा महासचिवमा निर्विरोध निर्वाचित भएका शंकर पोखरेलकी श्रीमती सुजिता शाक्य पनि अटाएकी छन् । सूचीमा अनेरास्ववियूका पूर्वअध्यक्ष नवीना लामादेखि वर्तमान अध्यक्ष सुनिता बरालसम्मको नाम परेको छ ।काठमाडौं महानगरपालिकाका पूर्वमेयर केशव स्थापितदेखि वर्तमान मेयर विद्यासुन्दर शाक्यसमेत अटाएका छन् । पत्रकर पृष्ठभूमिका सूर्य थापा र विष्णु रिजाल केन्द्रीय सदस्यमा अटाउँदा अर्का आकांक्षीद्वय गगन विष्ट र राजेन्द्र अर्याल भने सूचीमा अटाएका छैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.