एक्लै एमालेसँग चुनाव लड्छु भन्ने सोच्नै सक्दैनन् : अध्यक्ष ओली

डिसी नेपाल
१६ चैत २०७८ १३:५८
52
Shares

काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनविना एमालेसँग चुनाव लड्न सक्ने हिम्मत नै नभएको बताएका छन्। अहिलेको पाँच दलिय गठबन्धनमा रहेका दलहरूलाई एक्ला एक्लै चुनावमा लड्ने हिम्मत नै नभएको बताए।

‘एक्लै एमालेसँग लड्छु भन्ने सोच्नै सकिँदैन। हामीलाई पनि अलिकति हैसियत मिल्नेसँग चुनाव लड्न सजिलो हुन्छ। उनीहरू एक्लै भयो भने त हामीले कसरी चुनाव लड्ने ? त्यसैले अब बल्ल हैसियत मिलेको छ,’ अध्यक्ष ओलीले भने।

एमालेमा देशभर पार्टी प्रवेशको जनलहर आइरहेको देखेर अन्य दल त्रसित भइरहेको बताए। ‘अन्य दलका नेता कार्यकर्ता रित्तिन लागेका छन्। हाम्रो पार्टी भरिन लागेको छ । यो जनलहर आगामी चुनावमा एमालेलाई विजयी गराउनको लागि हो,’ अध्यक्ष ओलीले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.