७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

डिसी नेपाल
८ वैशाख २०७९ १७:५६
20
Shares

 

काठमाडौं । निर्वाचन आयोगले ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत र ६७६ वटा स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको जनाएको छ ।

आज आयोगले पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिएको हो ।

‘७७ जिल्लाका मुख्य निर्वाचन अधिकृतले जिल्ला सदरमुकाम रहेको गाउँपालिका वा नगरपालिकाको केन्द्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र अन्य ६७६ निर्वाचन अधिकृतहरूले सम्बन्धित पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुभएको छ,’ पत्रकार सम्मेलनमा निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.