प्रधानमन्त्री देउवाको वडामा पछि पर्‍यो रुख,बागीको अग्रता

डिसी नेपाल
३१ वैशाख २०७९ ११:२०

काठमाडौं। जारी मतगणनामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको वडामा नेपाली कांग्रेस पछि परेको छ ।सो वडामा कांग्रेसको बागी उम्मेदवार नेपाली कांग्रेस (बीपी) ले अग्रता लिएको छ ।

डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ मा कांग्रेस (बीपी) को चुनाव चिन्ह करुवाले २५१ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेको कांग्रेसको उम्मेदवारले २४६ मत प्राप्त गरेका छन्।

देउवाको गृह जिल्लामा पूर्व जिल्ला सभापति कर्ण मल्ललाई कांग्रेसले साधरण सदस्य समेत नरहने गरि कारबाही गरेपछि मल्ल समूहले नेपाली कांग्रेस (बीपी)को चुनाव चिन्ह कलस लिएर चुनावमा होमिएका थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *