मतगणना सकेर परिणाम घोषणा भइसकेपछि सिल नै नखोलेको मतपेटिका भेटियो

डिसी नेपाल
५ जेठ २०७९ १४:३३

काठमाडौं । महोत्तरीमा मतगणना सकेर परिणाम समेत घोषणा भइसकेपछि एउटा मतपेटिकाको मत गन्नै बाँकी भएको पाइएको छ ।

बर्दिबास नगरपालिकाको वडा नम्बर ८ को मत गणना सकेर परिणाम घोषणा भइसकेपछि मतपत्रले भरिएको र सिल नै नखोलिएको मतपेटिका भेटिएको हो ।

बर्दिबासको वडा नम्बर ८ को बेलगाछीको २ वटा बाकसमध्ये एउटा बाकसको मात्रै मत गणना भएको र अर्को छुटेको हो । छुटेको मतपेटिका अर्कै वडाका मतपेटिकाहरूसँग राखिएको पाइएको हो ।

वडा नम्बर ८ को ९ वटा मतपेटिकामध्ये ८ वटाको मात्रै मत परिणाम सार्वजनिक भएकाले अब सर्वदलीय बैठक बसी सहमति गरिनेछ । छुटेको मतपेटिकाको गणनाबाट आउने परिणाम स्वीकार्य गराएर गणना सुरु गरिने निर्वाचन कार्यालय बर्दिवासले जनाएको छ ।

बर्दिवासको मत गणना वडा नम्बर ८ बाटै सुरु भएको थियो । निर्वाचन कार्यालय बर्दिवासले ७ सय ५३ मत प्राप्त गरी माओवादी केन्द्रका शमशेस सिंह लामा विजयी भएको घोषणा गरिसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *