छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

डिसी नेपाल
९ असार २०७९ १३:३०

काठमाडौं। पर्सा, सुर्खेत, झापा, कञ्चनपुर र भक्तपुरमा भएको सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ। पर्साको वीरगन्ज महानगरपालिका–२४ रामगढ्वामा ना.४ ख ४८४२ नम्बरको ट्रकले ना.४४ प १८०७ नम्बरको मोटरसाइकललाई बुधबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सोही महानगरपालिका–२६ सुगौली बस्ने ३५ वर्षीय बसरुदिन अन्सारी रहेका छन्। ठक्करबाट गम्भीर घाइते भएका उनको नारायणी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ कपासेमा बा.१ झ ८७८४ नम्बरको जिप बुधबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिपमा सवार रुकुम पश्चिम चौरजहारी नगरपालिका–२ बस्ने २८ वर्षीय धर्मराज बुढाथोकी रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका जिप चालक समेत ४ जनाको सोही अस्पतालमा उपचार भइरेहको छ।

झापाको मेचिनगर नगरपालिका–१५ ज्यामिरगढी गाईना बस्तीमा प्र.१–०१–००१ ह ८६०१ नम्बरको सिटीलाई प्र.१–०१–००१ क ११४६ नम्बरको मिनीट्रकले बुधबार दिउँसो ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सिटी चालक सोही नगरपालिका–९ बस्ने ४३ वर्षीय रमेश कटवाल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मिनी ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ।

कञ्चनपुरको बेलौरी नगरपालिका–५ भकुण्डामा सु.प.प्र ०१–०१० प ८३९ नम्बरको मोटरसाइकल बुधबार गाढामा ठोक्किँएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक पुर्नवास नगरपालिका–१ गणेश बस्ती बस्ने २४ वर्षीय बिश्राम राना रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनको इसान मेमोरियल अस्पताल बेलौरीमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

भक्तपुरको सूर्यबिनायक नगरपालिका–८ आदर्शचोकमा बा.८९ प ७८७६ नम्बरको मोटरसाइकल र बा.४ ख ५२९८ नम्बरको टिपर बिहीबार बिहान ठोक्किँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकलमा सवार भक्तपुर नगरपालिका–२ व्यासी बस्ने १९ वर्षीय निश्चल चौगुठी समेत २ जना छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *