मोरङ–५ बाट स्वतन्त्र उम्मेदवार मण्डल निर्वाचित, प्रदेशसभा (२) मा कांग्रेसका अर्याल विजयी

डिसी नेपाल
८ मंसिर २०७९ १९:३७

मोरङ । मोरङ–५ (२) बाट प्रदेशसभामा नेपाली कांग्रेसका उम्मेदवार अमृत अर्याल विजयी भएका छन्। मतगणनास्थलबाट प्राप्त जानकारीअनुसार विजयी अर्यालले १६ हजार एक सय दुई मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका जयराम यादवले १० हजार आठ सय २५ मत प्राप्त गरेको निर्वाचन अधिकृत गणेश नायकले जानकारी दिए ।

उनका अनुसार तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेशकुमार बानियाँले तीन हजार दुई सय ४८ मत प्राप्त गरेका छन् । मोरङ निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले २१ हजार आठ २० मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का शिवकुमार मण्डलले १७ हजार चार सय ८६ र जनता समाजवादी पार्टी नेपालका राजकुमार यादवले १७ हजार तीन सय ९० मत प्राप्त गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *