बारा १: मतगणना केन्द्रमा सशस्त्रका प्रहरी नायव उपरीक्षक परिवर्तन

डिसी नेपाल
८ मंसिर २०७९ २०:०३

बारा । बाराको क्षेत्र नम्बर १ मा निर्वाचन हुनुभन्दा अगाडीदेखि खटिएका सशस्त्रका नायव प्रहरी नायव उपरीक्षक जगन्नाथ खड्का परिवर्तन भएका छन् ।

खड्कालाई परिवर्तन गरी यस क्षेत्रमा हाल सशस्त्रका नायव प्रहरी नायव उपरीक्षक विक्रम मणि अधिकारीलाई ल्याइएको हो ।

नेपाली कांग्रेसका सहमहामन्त्री तथा बहालवाला खानेपानी मन्त्रीसमेत रहेका उमाकान्त चौधरीले उनलाई परिवर्तन गराएको बताइएको छ । मन्त्री चोधरीका प्रतिनिधिले मंगलबार दिउँसो मतगणना बिथोल्न तथा तारबार भत्काउने प्रयास गर्दा प्रहरीले रोकेको थियो । त्यसपछि करिव ९ घण्टा मतगणना समेत रोकिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *