समानुपातिकतर्फ एमालेको मत ११ लाख कट्यो, अन्य दलको कति ?

डिसी नेपाल
९ मंसिर २०७९ १३:२१

काठमाडौं । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) अग्रस्थानमा छ ।

निर्वाचन आयोगको आज दिउँसोसम्मको मतपरिणाम विवरणअनुसार एमालेले ११ लाख ३८हजार ५६३ मत प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसको १० लाख ७८ हजार ३३७ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फको मत सङ्ख्या पाँच लाख ३७ हजार ८५६ रहेको छ ।

नेकपा (माओवादी केन्द्र)को चार लाख ९४ हजार ७४०, राष्ट्रिय प्रजातन्त्र पार्टीको दुई लाख ८२ हजार ३७१, जनता समाजवादी पार्टी नेपालको एक लाख ३३ हजार १२०, नेकपा (एकीकृत समाजवादी) को ८२ हजार २६१, जनमत पार्टीको ८१ हजार ९२०, नागरिक उन्मुक्ति पार्टीको ८२ हजार ६६, नेपाल मजदुर किसान पार्टीको ५७ हजार ८१२, लोकतान्त्रिक समाजवादी नेपालको ५६ हजार ५७८, हाम्रो नेपाली पार्टीको ३३ हजार ५९१ मत, राष्ट्रिय जनमोर्चाको ३० हजार ४८५ मत रहेको निर्वाचन आयोगले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *