पाल्पा–१ (२) मा एमालेका सारु निर्वाचित

डिसी नेपाल
९ मंसिर २०७९ १७:२४

पाल्पा । प्रतिनिधिसभा पाल्पा–१९२० मा नेकपा (एमाले) का खेमबहादुर सारु विजयी भएका छन्।

सारुले १४ हजार दुई सय ९६ मत ल्याएर विजयी हुनुभएको छ भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका शङ्कर खनालले चार हजार सात सय ९१ मत पाएको सहायक निर्वाचन अधिकृत रामहरि पाण्डेयले जानकारी दिए ।

मङ्गोल नेशनल अर्गनाइजेशनका लालबहादुर दर्लामीले दुई हजार ३१, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मणप्रसाद पङ्गेनीले तीन सय ७४ र राष्ट्रिय जनमुक्ति पार्टीका टेकबहादुर रानाले एक सय ६५ ले मत पाएका छन् । प्रदेशसभा सदस्यमा २४ हजार ८६ मत खसेकोमा चार सय ९३ मत बदर भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *