मोरङ–३ बाट सुनील शर्मा निर्वाचित, रेखा थापाले कति मत ल्याइन् ?

डिसी नेपाल
१० मंसिर २०७९ १७:१७

मोरङ । मोरङ क्षेत्र नं ३ मा नेपाली कांग्रेसका डा. सुनील शर्मा प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनी सत्ता गठबन्धनका तर्फबाट ४८ हजार छ सय १३ मतका साथ विजयी भएका हुन् ।

मोरङ क्षेत्र नं ३ निर्वाचन अधिकृत रामहरि काफ्लेका अनुसार शर्माले नेकपा (एमाले)का भानुभक्त ढकाललाई २२ हजार सात सय १६ मतान्त्रले पराजित गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी ढकालले २५ हजार आठ सय ९७ मत पाएका छन् । त्यस्तै राप्रपाकी नेत्री तथा नायिका रेखा थापाले १० हजार नौ सय ९८ मत प्राप्त गरेकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका विकास उप्रेतीले दुई हजार छ सय २६ मत प्राप्त गरेका छन् ।

निर्वाचन आयोग मोरङ क्षेत्र नं ३ ले विजयी उम्मेदवारलाई प्रमाणपत्र वितरण गरेको छ । प्रमाणपत्र कार्यक्रममा प्रतिनिधिसभा सदस्य सुनील शर्माले जनताको मतको कदर गर्दै इमान्दारपूर्वक काम गर्ने बताए । एक लाख नौ हजार आठ सय ३३ मतदाता रहेको मोरङ क्षेत्र नं ३ मा ९७ हजार चार सय ६८ जनाले मतदान गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *