सुनसरी २ बाट निर्वाचित भए एमालेका भीम आचार्य

डिसी नेपाल
१० मंसिर २०७९ १८:२४

सुनसरी । सुनसरी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका भीमप्रसाद आचार्य निर्वाचित भएका छन् । नेपाली कांग्रेसका सीताराम महतोलाई पछि पार्दै आचार्य प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

आचार्य ३२ हजार ८ मत ल्याउँदै निर्वाचित भएका हुन् । महतोले २६ हजार ५८ मत पाए । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका लालविक्रम थापाले १९ हजार ३८६ मत पाए । यस क्षेत्रमा आधिकारी घोषणा हुन भने बाँकी नै छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *