यस्तो छ नेकपा एसनिकट अनेरास्ववियूको घोषणा पत्र

डिसी नेपाल
१ चैत २०७९ १७:५९
36
Shares

काठमाडौं। नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियूले राज्यको कूल बजेटको कम्तीमा २० प्रतिशत बजेट शिक्षा क्षेत्रका लागि व्यवस्था गरिनुपर्ने लगाएतका मुद्धा समेटेर स्ववियु निर्वाचन केन्द्रीत घोषणा पत्र सार्वजनिक गरेको छ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अनेरास्ववियूले शिक्षामा व्याप्त निजीकरण र व्यापारीकरणको पूर्ण अन्त्य गरिनुपर्ने, समयसापेक्ष शैक्षिक क्यालेन्डर निर्माण गरी अनिवार्य कार्यान्वयन गरिनुपर्ने, समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशन गरिनुपर्ने लगाएका मुद्धा सहितको घोषणा पत्र सार्वजनिक गरेको हो।

संगठनले विश्वविद्यालयको पाठ्यक्रम, शिक्षण विधि र मूल्यांकन प्रणाली लाई समयानुकूल परिमार्जन गरिनुपर्नेमा जोड दिएको छ।

परम्परागत शिक्षा प्रणालीलाई रूपान्तरण गर्दै श्रम र उत्पादनसँग जोड्नुपर्ने, शिक्षण पद्धति अनुसन्धानमूलक र वैज्ञानिक बनाइनुपर्ने अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले बताए।

विद्यार्थीलाई रासन कार्डको व्यवस्था गरी दैनिक उपभोग्य वस्तुमा, स्वास्थ्य, मनोरन्जन र यातायातमा कम्तीमा ५० प्रतिशत सहुलियत उपलब्ध गराइनुपर्ने आफुहरुको मुद्धा रहेको उनले जानकारी दिए।

अनेरास्ववियूले स्ववियुलाई आमविद्यार्थीहरुको साझा संस्था बनाइने, विश्वविद्यालय र क्याम्पसमा हुने राजनीतिक भागबन्डाको अन्त्यगरिने प्रतिवद्धता जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.