सुदूरपश्चिम विश्वविद्यालयको ५ क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित

डिसी नेपाल
२ चैत २०७९ ८:०४
20
Shares

धनगढी। सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पससहितका ५ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन अनिश्चित बनेको छ।

विश्वविद्यालयले स्ववियु निर्वाचनका बुधबार मनोनयन दर्ताको समय तालिका तोकेको भए पनि महेन्द्रनगरको केन्द्रीय क्याम्पससहितका ५ क्याम्पसमा विद्यार्थी सगठनको आन्तरिक विवादका कारण मनोनयन दर्ता हुन नसकेको सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्राध्यापक यज्ञराज पाठकले बताए।

रजिष्ट्रार पाठकका अनुसार केन्द्रीय क्याम्पस, कैलालीको टीकापुर बहुमुखी क्याम्पस, बाजुराको बाजुरा बहुमुखी क्याम्पस र बडिमालिका बहुमुखी क्याम्पस र अछामको जनता बहुमुखी क्याम्पसमा आन्तरिक विवादका कारण बुधबार मनोनयन दर्ता हुन नसकेको हो।

अब सम्बन्धित क्याम्पसको निर्वाचन समितिले एक महिनाभित्र निर्वाचनका लागि अर्को मिति तय गर्न सक्ने रजिष्ट्रार पाठकले बताए । उनका अनुसार विश्वविद्यालयका अन्य १० वटा आंगिक क्याम्पसमा भने मनोनयन दर्ता भएको छ।

साथै कुनै क्याम्पसहरुमा एकल तथा कुनै क्याम्पसमा तालमेल गरेर संगठनहरुले उम्मेदवारी दर्ता गराएका छन्। सुदूरपश्चिम विश्वविद्यालय मातहतका क्याम्पसहरुमा अगामी चैत ८ गते स्ववियु निर्वाचन हुँदैछ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.