रासायनिक मलमा गरिएको मूल्यवृद्धिविरुद्ध नेमकिपाको प्रदर्शन

डिसी नेपाल
२ चैत २०७९ १३:५३
48
Shares

भक्तपुर। नेपाल मजदुर किसान पार्टी (नेमकिपा) निकटको नेपाल क्रान्तिकारी किसान संघले मूल्यवृद्धिविरुद्ध प्रदर्शनमा उत्रिने भएकाे छ। रासायनिक मलमा गरिएको मूल्यवृद्धिविरुद्ध बिहीबार अपरान्ह काठमाडाैंमा प्रदर्शनमा उत्रिन लागेकाे हाे।

काठमाडौंको सुन्धाराबाट निकालेकाे जुलुस रत्नपार्कमा पुगेर सभामा परिणत हुने जनाइएको छ। जुलुस सुन्धाराबाट न्युरोड, इन्द्रचोक, असन, भोटाहिटी, जमल हुँंदै रत्नपार्कमा पुगेर सभामा परिणत हुने पार्टीले जनाएको छ। सभामा पार्टी नेता तथा किसान नेताहरुबाट सम्वोधन हुने जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.