टोपबहादुर रायमाझी काठमाडौंमै, प्रहरी भन्छ- आफैं आउने सम्भावना छ

डिसी नेपाल
२२ वैशाख २०८० १२:०६
3.5k
Shares

काठमाडौं। भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ पुर्जी जारी भएका एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझी सम्पर्कविहीन भएको चर्चा चलिरहेका बेला उनी काठमाडौंमा रहेको खुलको छ।

रायमाझी निकट स्रोतका अनुसार उनी अहिले काठमाडौंमा रहेका छन्। संसद सदस्यसमेत रहेका रायमाझी राजधानीमै रहेको स्रोतले दाबी गरेको छ। बुधबार भैरहवा विमानस्थलबाट काठमाडौं आउन लागेका रायमाझी अन्तिम समयमा टिकट क्यान्सिल गरि सडकमार्ग हुँदै उनी काठमाडौं आएको स्रोतको दाबी छ।

स्रोतका अनुसार उनी अहिले कानूनी परामर्शमा छन्। बहालवाला संसद रायमाझीले कानूनी सल्लाहपछि प्रहरीमा आफैं उपस्थित हुने संभावना रहेको छ।

प्रहरीले सम्पर्कविहीन भएका रायमाझी काठमाडौंमै हुनुले राजनीतिक समन्वयमा प्रहरीकै संरक्षणमा रहेका हुन् या उनी आफ्नै सक्रियतामा गोप्य तवरले रहेका छन् त्यसबारेमा केही खुल्न सकेको छैन।

तर प्रहरीले रायमाझी सम्पर्कविहीन नै रहेको बताएको छ। बुधबार पका्रउ पुर्जी जारी हुँदा अर्घाखाँचीको एक कार्यक्रममा सकाएर सभामुख देवराज घिमिरेसँगै बुटवल झरेर रायमाझी काठमाडौंका लागि हिँडेका थिए। सभामुख घिमिरे भैरहवा विमानस्थलबाट काठमाडौं आएपनि रायमाझी एकाएक भैरहवाबाट सम्पर्कविहीन भएको  प्रहरीले बताएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पक्राउ पुर्जी जारी भएका एमाले सचिव टोपबहादुर रायमाझीबारे हालसम्मै प्रहरी बेखबर देखिएको छ। यद्यपि प्रहरीले खोजी कार्य जारी राखिएको जनाएको छ।

यसबारेमा जिल्ला प्रहरी परिसर काठमाडौांका प्रमुख एसएसपी दानबहादुर कार्कीले खोजी कार्य जारी राखेको बताउँछन्। उनले प्रहरीले पक्राउ गरेर ल्याउने प्रयत्न गरिरहेको बताउँदै जिम्मेवार व्यक्ति भएकाले आफैं उपस्थित हुने सम्भावना रहेको औंल्याए।

एसएसपी कार्कीले डिसी नेपालसँग भने, ‘खोजी कार्य जारी छ। उहाँ उपप्रधानमन्त्री भइसकेको व्यक्ति र बहादवाला सांसदसमेत भएकाले अनुसन्धानलाई सघाउन आफैं उपस्थित हुने अपेक्षा गरेका छौं।’

उनले प्रहरीको खोजीकार्यमा तदारुकता देखाएको बताए। राजनीतिक संरक्षण र प्रहरीको मिलेमतामा पक्राउ नपरेको आरोप उनले ठाडै अस्वीकार गरे। उनले प्रहरीले रायमाझी हाल रहेको स्थलको जानकारी लिने प्रयत्न गरिरहेको बताए।

रायमाझीका छोरा सन्दीपलाई बुधबार पक्राउ गरेर प्रहरीले थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट तीन दिनकाे म्याद थप गरेर  थुनामा राखेको छ।




प्रतिक्रिया

One thought on “टोपबहादुर रायमाझी काठमाडौंमै, प्रहरी भन्छ- आफैं आउने सम्भावना छ

  1. हैट हाम्रो प्रहरी प्रशासन नेतालाई छुने भनेसी पसिना छुट्छ, त्यै माथी यीनी नेपाली राजनितीका पावरहाउस ओली बा का चम्चे परे??

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.