इरानले ट्रम्पको हत्या प्रयास गरेको खुलासा
CONCORD, NEW HAMPSHIRE - JUNE 27: Republican presidential candidate, former U.S. President Donald Trump stands on stage after being introduced during the New Hampshire Federation of Republican Women's Lilac Luncheon on June 27, 2023 in Concord, New Hampshire. Republican presidential candidate, Florida Gov. Ron DeSantis is also holding a campaign event in New Hampshire today. (Photo by Scott Eisen/Getty Images)
काठमाडौँ । राष्ट्रपति चुनावअघि डोनाल्ड ट्रम्पको हत्या गर्ने इरानी षड्यन्त्र एफबीआईले विफल पारेको खुलासा भएको छ । यो खुलासा अमेरिकी न्याय विभागले गरेको हो ।
फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई) ले इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) का सहयोगी फरहाद शाकेरी (५१), कार्लिस्ले रिभेरा (४९) र जोनाथन लोडहोल्ट (३६) विरुद्ध मुद्दा दायर गरेको छ ।
म्यानहट्टन संघीय अदालतमा दायर गरिएको आपराधिक उजुरीमा सेप्टेम्बरमा, इरानको अर्धसैनिक रिभोलुसनरी गार्डका एक अधिकारीले भाडामा लिएका हत्यारा, फर्जाद शाकेरीलाई ट्रम्पमाथि नजर राख्न र अवसरमा उनलाई मार्न निर्देशन दिएका थिए । यसका लागि उनलाई ५ लाख डलर अफर गरिएको थियो । उजुरीमा भनिएको छ, अफिसरलाई राष्ट्रपति चुनावसम्म पर्खने र ट्रम्प चुनाव हारेमा उनलाई मार्न सजिलो हुने निर्देशन दिइएको थियो ।
रिभोलुसनरी गार्डका एक अधिकारीले सात दिनभित्र हत्या गर्न निर्देशन दिएका थिए । तर यो षड्यन्त्र पुरा हुन सकेन । यसमा एक इरानी र दुई अमेरिकी नागरिकको संलग्नता रहेको बताइएको छ । दुवै अमेरिकी नागरिकलाई न्यूयोर्कबाट पक्राउ गरिएको बताइएको छ ।
सेप्टेम्बरमा, अमेरिकी गुप्तचर अधिकारीहरूले ट्रम्पलाई मार्ने इरानी षड्यन्त्रको संदिग्ध रिपोर्ट गरेका थिए ।
ट्रम्पमाथि जुलाई १३ मा पेन्सिलभेनियाको बटलर शहरमा चुनावी र्यालीमा गोली हानिएको थियो, जसमा उनको कानमा गोली लागेको थियो । यस घटनाको ६४ दिन पछि, फेरी उनको फ्लोरिडामा हत्या प्रयास गरिएको थियो ।







डिसी नेपाल








Facebook Comment