काठमाडौंको कंकेश्वरी मन्दिर क्षेत्रको सडक जलमग्न

काठमाडौं- वर्षाले सडकमा पानी जमेपछि काठमाडौंको कंकेश्वरी मन्दिर क्षेत्रको सडक जलमग्न भएको छ। काठमाडौं महानगरपालिका-१९ को विष्णुमती कोरिडोर सडकको कंकेश्वरी क्षेत्रमा पानी जमेपछि सवारी आवागमन प्रभावित हुन पुगेको छ। यतिबेला यात्रु सास्ति खेप्न बाध्य बनेका छन्।