कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै

काठमाडौं। संघीय संसद अन्तर्गत रहेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक सोमबार बस्दैछ। बैठक आज समितिको सभाकक्ष सिंहदरबारमा बिहान साढे ८ बजे सुरु हुने संघीय संसद सचिवालयले जनाएको छ। बैठकमा समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ।