जिल्ला प्रहरी परिसर काठमाडौंकै गेटबाट थुनुवा फरार

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको गेटबाट एक थुनुवा भागेका छन् । परिसरको कार्यालय रहेको भद्रकालीको गेटबाट थुनुवा फरार भएका हुन् । अभद्र व्यवहार मुद्दाका थुनुवा २४ वर्षीय निशान परियार भागेको प्रहरीले जनाएको छ। उनको खोजी तीव्र पारिएको प्रहरीको भनाइ छ।