वाईसीएलको अध्यक्षमा पुष्प ओली सर्वसम्मत
काठमाडौं। माओवादी केन्द्रनिकट युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल)को अध्यक्षमा पुष्प ओली सर्वसम्मत चयन भएका छन्। शुक्रबार तेस्रो सम्मेलनबाट अध्यक्षमा ओली सर्वसम्मत बनेका हुन्। ओली निवर्तमान समितिका उपमहासचिव थिए। त्यसैगरी महासचिवमा गणेश शाही चुनिएका छन्। आइतबारदेखि सुरु भएको सम्मेलनमा सर्वसम्मत सहमति जुट्न नसक्दा चार पटकसम्म निर्वाचन कार्यतालिका संशोधन भएको थियो।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed