जेन-जी पुस्ताको प्रदर्शनमा मृत्यु हुनेको संख्या १६ पुग्यो

डिसी नेपाल
२३ भदौ २०८२ १६:०९
832
Shares

काठमाडौं। जेन-जी पुस्ताको प्रदर्शनमा १६ जनाको मृत्यु भएको छ।

काठमाडौंको माइतीघरबाट प्रारम्भ भएको प्रदर्शनको क्रममा प्रहरीसँग मुठभेट हुँदा १६ जना प्रदर्शनकारीको निधन भएको हो।

आन्दोलन नियन्त्रणका लागि प्रहरीले गोली चलाउँदा उनीहरूको निधन भएको हो।

प्रहरीका अनुसार मिनभवनस्थित सिभिल अस्पतालमा उपचाररत दुई घाइतेको मृत्यु भएको पुष्टि भएको छ भने संसद् भवनको गेटमा गोली लागेर ढलेका एक प्रदर्शनकारीको घटनास्थलमै मृत्यु भएको हो। उता, ट्रमा सेन्टरमा उपचाररत थप पाँच आन्दोलनकारीको मृत्यु भएको दाबी गरिएको छ।

त्यस्तै ट्रमामा ६ जना, एभेष्टमा पाँच, सिभिल ३, केएमसी अस्पतालमा एक र त्रिवि शिक्षण अस्पतालमा एक एक जना गरी १६ जनाको मृत्यु भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.