काठमाडौंको चक्रपथ क्षेत्रभित्र कर्फ्यू

डिसी नेपाल
२४ भदौ २०८२ ८:१४

काठमाडौं । काठमाडौंमा कर्फ्यू आदेश जारी भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले मंगलबार बिहान साढे ८ बजेदेखि अर्को आदेश नभएसम्म काठमाडौं महानगरको चक्रपथ क्षेत्र भित्र कर्फ्यू आदेश जारी गरेको छ।

प्रशासनले कर्फ्यूको आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरू, एम्बुलेन्स, दमकल, शव वहान स्वास्थ्यकर्मीका सवारी साधनहरु, सञ्चारकर्मीहरू, पर्यटक सवारी साधनहरू, मानव अधिकार तथा कुटनीतिक नियोगका सवारी साधनहरु र हवाई टिकटको आधारमा हवाई यात्रुहरुको आवगमनमा सुरक्षाकर्मीहरूबाट सहजीकरण हुने बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.