कस्तो छ काठमाडौंको बिहानी अवस्था?

डिसी नेपाल
२४ भदौ २०८२ ८:२९
240
Shares

काठमाडौं । जेनजी आन्दोलनका कारण काठमाडौं सोमबार तनावग्रस्त देखियो। त्यसमा पनि नयाँ बानेश्वर क्षेत्र आन्दोलनको केन्द्र नै बन्यो।

आज बिहान भने नयाँ बानेश्वर क्षेत्र शान्त देखिएको छ। यद्यपि आन्दोलका कारण भएको तोडफोड र टुंगा हानाहानले सडक र आसपासका क्षेत्र असामान्य देखिएका छन्। सोमबारको प्रदर्शनमा १९ जनाले ज्यान गुमाएका छन्।

सरकारले आज बिहान साढे आठ बजेदेखि काठमाडौंमा कर्फ्यू आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार बिहान साढे ८ बजेदेखि अर्को आदेश नभएसम्म काठमाडौं महानगरको चक्रपथ क्षेत्र भित्र कर्फ्यू आदेश जारी गरेको हो।

प्रशासनले कर्फ्यूको आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरू, एम्बुलेन्स, दमकल, शव वहान स्वास्थ्यकर्मीका सवारी साधनहरु, सञ्चारकर्मीहरू, पर्यटक सवारी साधनहरू, मानव अधिकार तथा कुटनीतिक नियोगका सवारी साधनहरु र हवाई टिकटको आधारमा हवाई यात्रुहरुको आवगमनमा सुरक्षाकर्मीहरूबाट सहजीकरण हुने बताएको छ।

यसअघि सोमबार दिउँसो साढे १२ बजेदेखि राति १० बजेसम्मका लागि काठमाडौँका विभिन्न स्थानमा लगाइएको कर्फ्यु मंगलबार बिहान ५ बजेसम्म थप भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.