बाजुराको दुर्गम गाउँपालिकामा गर्भवती महिलाका लागि भिडियो एक्सरे सेवा सुरु

डिसी नेपाल
२९ भदौ २०८२ ९:४२
16
Shares

बाजुरा । बाजुराको दुर्गम हिमाली गाउँपालिकाका गर्भवती महिलाहरुले भिडियो एक्सरे सेवागाउँमै पाउँदा खुसी भएका छन् ।

गाउँपालिकाले गर्भवती महिलाहरुको सहजताका लागि सुरू गरेको भिडियो एक्सरे सेवाले यहाँका महिलाहरुलाई निकै सहजता प्रदान गरेको हो । गाउँपालिकाको वडानम्बर ६ को पाँडी आधारभूत स्वास्थ्य सेवा केन्द्रमा गर्भवती महिलालाई भिडियो एक्सरे र इमपालान्ट राख्ने सेवा सुबिधा गाउँमा पाउँदा त्यहाँका महिला खुसी भएका छन् ।

सेवा सुरू भएपश्चातअहिले स्वास्थ्य सेवाकेन्द्रमा गर्भवती महिलाहरु नियमित चेकजाँचको लागि आउँने गरेको धुलाचौर आधारभूत स्वास्थ्य सेवाकेन्द्र इन्चार्ज सबिना मल्लले बताएकी छन् ।

अहिले ‎गर्भवती महिलाहरु गर्भमा रहेको बच्चाको अवस्था, बच्चाको धड्कन,बच्चाउल्टो वा सुल्टो त्यस्तै पानीको स्थिति के–कस्तो छ भनेर थाहापाउँन समयसमयमाचेकजाँचगर्न आउने गरेको ईन्चार्ज मल्लले बताईन्।

स्वास्थ सेवाकेन्द्र मा‎गर्भवती महिलालाई भिडियो एक्सरे संगै इम्पालान्ट राख्ने गरिएको छ ।पिल्स चक्की झन्झटिलो गर्नुभन्दा पाँचवर्षका लागि सजिलो होस्भनेर इम्पालान्टगाउँमा राख्दै आएको मल्लको भनाई छ ।

त्यस्तै गर्भवती महिलालाई ८ पटक स्वास्थ्य सेवा केन्द्रमाकार्ड भिजिट गर्नुपर्छ ।‎गर्भवती समयमा ४ पटकभिडियो एक्सरे चेकजाँच,एउटा १२ हप्तामाभिडियो एक्सरे, अर्को १२–२२ हप्ता सम्म त्यस्तै २८ हप्ता, ३४ हप्ता र ३६ देखि ४० हप्तामाभिडियो एक्सरे गरेर चेकजाँच गर्ने गरिएको छ ।

आफ्नो गाउँभित्र गर्भवती महिलाको भिडियो एक्सरे गर्न पाउँदानिकै खुसीलागेको र स्थानीयगर्भवतीमहिलाहरुलाई निकै सहजभएको स्थानीय विमला लवारले बताईन् ।

पहिला ४-५ घण्टागाउँबाट पैदल हिडिरे कोल्टी अस्पतालमा जानुपर्ने अवस्था थियो। अहिले गाउँमा गर्भवती महिलाको अवस्था र बच्चाको अवस्थाको भिडियो एक्सरे सहज रुपमा चेकजाँच हुँदा निकै सहजभएको उनको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.