एमाले सचिवालय बैठक बस्दै

डिसी नेपाल
२४ असोज २०८२ ७:२६
36
Shares

काठमाडौं। नेकपा (एमाले)को सचिवालय बैठक आज बस्ने भएको छ।

यसअघि आइतबारका लागि तय गरिएको पार्टीको ५८औँ सचिवालय बैठक अविरल वर्षासँगै बाढी पहिरो र डुबान भएकाले बैठक आजका लागि सारिएको थियो।

जेन-जी आन्दोलनपछि सरकारबाट बहिर्गमन भएको एमालेको आजको सचिवालय बैठकलाई महत्वका साथ हेरिएको छ।

नयाँ परिस्थितिमा बैठकले पार्टीको आगामी रणनीति र नयाँ कार्यदिशा तय गर्नेछ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.