प्रचण्डको विश्वासका आधारमा पार्टी एकता घोषणामा सहभागी भएको हुँ : झलनाथ खनाल

डिसी नेपाल
१९ कार्तिक २०८२ १७:०३
248
Shares

काठमाडौं। नेता झलनाथ खनालले पुष्पकमल दाहाल (प्रचण्ड) को विश्वासका आधारमा पार्टी एकतामा सहभागी भएको बताएका छन्।

बुधबार भृकुटीमण्डपमा आयोजित पार्टी एकता सभा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहमतिमा ढिका आउनुको कारण प्रष्ट पार्दै विमति भए पनि प्रचण्डको विश्वासका आधारमा एकतामा बल पुर्‍याउन आफू आएको बताए।

उनले भने, ‘ढिला आउनुको केही कारण छन्। मैले कमरेड प्रचण्डलाई भनिसकेको छु। हामी त्यो कुराहरू मिलाउछौं भनेर प्रतिबद्धता व्यक्त गर्नुभएको छ। त्यही विश्वासका आधारमा केही विमति भए पनि एकताको कुनै विकल्प छैन अहिले। त्यसकारण एकतामा बल पुर्‍याउनका लागि म यहाँ आएको हुँ, सिंगो नेपालको एकता आजको आवश्यकता हो।’

त्यस्तै उनले अब पार्टी कहिल्यै फुट्दैन भनेर नेताहरुले संकल्प गर्न आग्रह गरे। नेतृत्वदायी समितिमा कम्तीमा ५० प्रतिशत युवालाई ल्याउन समेत उनले सुझाव दिँदै नेतामुखी नभई जनमुखी र वर्गमुखी पार्टी निर्माण गर्नुपर्नेमा जोड दिए।

‘आज मञ्चमा उपस्थित सबैले कहिल्यै पार्टी फुट्ने छैन भनेर संकल्प गरौ। यसभन्दा अगाडि पनि हामीले एकता हेर्‍यौ। ‘ए कता’ भयो। अब त्यस्तो हुँदैन भनौ। ए र कतालाई जोडेर अगाडि बढौ। जेनजीको भावनालाई समेत आत्मसाथ गरेर जाऊँ। नेतृत्वदायी समितिमा कम्तीमा ५० प्रतिशत युवालाई ल्याऊँ। एउटा बलियो पार्टी निर्माण गरौ। नेतामुखी होइन, जनमुखी, वर्गमुखी पार्टी निर्माण गरौ,’ उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.