राजावादीको प्रदर्शन स्थगित भएको छैन : राप्रपा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी प्रवक्ताको नाम दुरुपयोग गरेर शुक्रवार हुने कार्यक्रमबारे सामाजिक सञ्जालमा भ्रम फैलाइएको आरोप लगाएको छ। सो पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले बिहीबार एक विज्ञप्ति जारी गर्दै कार्यक्रम स्थगित हुने भनी सामाजिक सञ्जालमा भ्रम सिर्जना गर्ने प्रयास भएको आरोप लगाएका हुन्।
उनले यस्ता कार्यहरू निन्दनीय र आपत्तिजनक रहेको भन्दै सो कार्यको खण्डन गरेका छन्। उनले त्यसबारे कोही भ्रममा नपर्नका लागि आग्रह गरेका छन्।
प्रवक्ता श्रेष्ठले भोलि चैत १५ गते काठमाण्डौको तीनकुनेमा हुने प्रदर्शन र आन्दोलनमा सक्रिय सहभागी हुन र आन्दोलनलाई उचाइ प्रदान गर्न पार्टी पङ्क्ति र आम जनसमुदायलाई राप्रपा हार्दिक आह्वान समेत गरेका छन्।
राप्रपा समान विचार र उद्देश्य भएका सबैसँग सहकार्य, कार्यगत एकता र मोर्चा बनाएर आन्दोलनको मोर्चामा उभिन प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।
धेरै पढिएको.
No trending news available right now.







डिसी नेपाल








Facebook Comment