काठमाडौंमा एक जना मृत फेला

काठमाडौं । काठमाडौंमा एक जनाको शव फेला परेको छ। टोखा नगरपालिका-२ चण्डेश्वरी डेरा गरी बस्ने उदयपुर घर भएका ४६ वर्षीय लाल बहादुर राई आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।