यतिसम्म अन्धभक्त हुन्छन् फ्यानः सामान्य कुरामा नागार्जुनमाथि खनिए महेश बाबुका फ्यान
हैदराबाद। तेलुगु सुपरस्टार महेश बाबुका फ्यानले केही दिनअघि हिरोइन पूजा हेगडेलाई अपशब्द प्रयोग गर्दै ट्रोल गरेका थिए। पूजाको गल्ती मात्रै यत्ति थियो कि उनले महेश बाबुलाई जन्मदिनको शुभकामना दिँदा उनको नामको अगाडि ‘सर’ लेख्न छुटाएकी थिइन्। अहिले फेरि महेश बाबुका फ्यानहरु अर्का तेलुगु सुपरस्टार नागार्जुनमाथि खनिएका छन्।
एक कार्यक्रममा पुगेका सुपरस्टार नागार्जुनले आफ्नो भनाइ राख्दै गर्दा महेश बाबुको फिल्मको नाम नलिएपछि महेश बाबुका फ्यानहरु भड्किएका हुन् । नागार्जुन हालै फिल्म ‘गूडाचारी’को सक्सेस पार्टीमा पुगेका थिए । त्यहाँ उनले भने ‘साँच्चै भन्ने हो भने ‘रंगस्थलम’ पछि ‘महानती’ र ‘गूडाचारी’ जस्ता फिल्म नै यो वर्षका सुपरहिट फिल्म हुन् । यिनै फिल्मले यस वर्ष राम्रो नाफा कमाएका छन् ।’ नागार्जुनको यही भनाइका कारण महेश बाबुका फ्यान यसकारण नागार्जुनमाथि खनिए कि उनले त्यहाँ महेश बाबुको फिल्म ‘भरत अने नेनु’को नाम लिएनन्।
अदिवी शेष र शोभिता धुलिपालाको फिल्म ‘गूडाचारी’ले ३ दिनमै १४ करोड कमाएको छ। यो फिल्म मात्रै ५ करोडमा बनेको थियो । आफ्नो मन परेको सुपरस्टारको नाम नलिएपछि भड्किएका महेश बाबुका फ्यानले नागार्जुनको फ्लप फिल्म अफिसरको कलेक्सन शेयर गरे । महेश बाबुको फिल्म ‘भरत अने नेनु’ केही ठाउँमा सुपरहिट भएको छ तर केही ठाउँमा भने वितरक घाटामा गएका छन्। यही कारण नागार्जुनले ‘भरत अने नेनु’को नाम लिएका थिएनन् ।







डिसी नेपाल








Facebook Comment