एसियाली खेलकुद : समूह चरणबाटै बाहिरियो नेपाल, पाकिस्तानसँग नेपाल २-१ ले पराजित
विराटनगर, भदौ ३, १८औं एसियाली खेलकुद अन्तर्गतको पुरुष फुटबलमा पाकिस्तानविरुद्ध नेपाल पराजित भएको छ । पहिलो हाफमा १–० ले अग्रता बनाएको नेपालले दोस्रो हाफमा २ गोल खाँदै हार व्यहोर्यो ।
प्याट्रिओट चन्द्रभागा स्टेडियममा भएको खेलमा नेपाललाई एक गोल उपहार स्वरुप मिल्यो । पाकिस्तानका खेलाडी युनास शाहबाजको आत्मघाती गोल गरेपछि नेपालले पहिलो हाफमा अग्रता बनाएको थियो । एसियन गेम्सको फुटबलमा नेपालले ३६ वर्षपछि अग्रता बनाएको थियो ।
तर खेलको ५४ औं मिनेटमा पाकिस्तानी खेलाडी बलालको गोल गरेर बराबरीमा ल्याएको खेलमा ७२ मा पेनाल्टीमार्फत गोल पाकिस्तानी खेलाडीले गोल थपेपछि पराजित भयो ।
समूह चरणको शुरुवाती दुई खेलमा जापानसँग १–० र भियतनामसँग २–० ले पराजित भएको नेपाल समूह चरणको अन्तिम खेलमा पाकिस्तानसँग पनि पराजित भएको हो ।







डिसी नेपाल








Facebook Comment