एसिया कप आजदेखि, बंगलादेश र श्रीलंका भिड्दै
एजेन्सीं । एसिया कप क्रिकेट आजदेखि संयुक्त अरब इमिरेट्स युएईमा सुरु हुँदैछ। आज हुने उद्घाटन खेलमा समूह ’बि’ मा रहेका टेष्ट राष्ट्र बंगलादेश र श्रीलंकाले प्रतिस्पर्धा गर्दैछन्। उद्घाटन खेल नेपाली समय अनुसार बेलुका ५ः१५ बजे सुरु हुनेछ।
एकदिवसीय फर्म्याटको एसिया कपमा एसियाका ६ टेष्ट राष्ट्र र एक एसोसियट राष्ट्रको सहभागिता रहेको छ। छनोटमा सफल हुन नसकेपछि नेपालले भने एसिया कप खेल्न पाएको थिएन्।
एसिया कपको समूह ’बि’ मा बंगलादेश र श्रीलंकासंगै अफगानिस्तान पनि रहेका छन् । समूह ’ए’ मा भारत, पाकिस्तान र हङकङ रहेका छन्।
हङकङ एसिया कप खेल्ने एकमात्र एसोसियट राष्ट्र हो। गत साता मलेसियामा सम्पन्न एसिया कप छनोटको उपाधि जितेर हङकङले एसिया कपमा सहभागिता सुनिश्चित गरेको हो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment