सर्वोच्चको मुद्दा फिर्ता लिने निर्णय, क्यानको समस्या समधान होला ?
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको निर्वाचित कमिटिले अदालतमा दायर गरेको मुद्दा फिर्ता लिने औपचारिक निर्णय गरेको छ।
क्रिकेट विवाद समाधान गर्न अदालतको मुद्दा फिर्ता लिन अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले गरेको आग्रह अनुसार क्यानको निर्वाचित कमिटिले मुद्दा फिर्ता लिने निर्णय गरेको हो।
मुद्दा फिर्ताको औपचारिक निर्णय गर्न कमिटिले शनिबार दिउँसो क्यानको बोर्ड बैठक बोलाएको थियो । सोही बैठकले मुद्दा फिर्ताको सैद्धान्तिक सहमती गर्दै निर्णय गरेको छ।
बैठकले क्रिकेट विवाद समाधानमा पहल गर्न पाँच सदस्यीय कमिटि समेत गठन गरेको छ । कमिटिमा अध्यक्ष चतुरबहादुर चन्द, महासचिव अशोकनाथ प्याकुरेल र उपाध्यत्रय दिवाकर घले, सञ्जय राज सिंह र शैलेश चौधरी रहेका छन्।
बैठकले बैशाख ६ मा क्यानको नयाँ विधान पारित भए पनि अहिलेसम्म क्रिकेट निलम्बनको प्रक्रिया अघि नबढ्नु दुखद रहेको भन्दै आईसीसीको ध्यानकर्षण गराउने निर्णय समेत गरेको छ। बैठकले क्यानको निलम्बन फुकुवा गर्नमा जोड दिदै विवाद समाधानमा सहयोगी भुमिका खेल्ने निर्णय गरेको छ।
क्यानको नयाँ विधान बनेपछि आईसीसीले क्रिकेटको निकासका लागि मुद्धा फिर्ता र तदर्थ कमिटि भंगलाई पहिलो शर्त बनाउदै आएको छ।







डिसी नेपाल








Facebook Comment