सन्दीप लामिछाने बिग ब्यास लिग (बिबिएल) खेल्न अस्ट्रेलियातर्फ

डिसी नेपाल
२३ मंसिर २०७५ १३:२७

काठमांडौ । नेपालको राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने चर्चित लिग बिग ब्यास लिग (बिबिएल) खेल्न आज अस्ट्रेलियातर्फ लाग्दैछन् । सन्दीपका व्यवस्थापक रमन शिवाकोटीका अनुसार उनी आज राति १० बजे सिल्क एयरबाट अस्ट्रेलियातर्फ लाग्दैछन् ।

अब सन्दीप अस्ट्रेलिया लागेसँगै उनले इपिएलका बाँकी सबै खेल गुमाउने भएका छन् । सन्दीप इपिएलमा ललितपुर प्याट्रिएटसबाट खेल्दै थिए ।

आज भएको खेलमा सन्दीपकै उत्कृष्ट बलिङमा ललितपुर प्याट्रिएटसले चितवन टाइगर्सलाई ११ रनले हराएको थियो । सो खेलमा सन्दीपले ३ विकेट लिए ।

सन्दीपलाई बिग ब्यास लिगमा मेलबार्न स्टार्सले अनुबन्ध गरेको छ । सो लिगपछि सन्दीप जनवरीको पहिलो साता बंगलादेश प्रिमियर लिग खेल्न बंगलादेश उतैबाट आउने तयारी छ ।

बंगलादेश प्रिमियर लिगमा भने सन्दीपलाई सिल्हेट सिक्सर्स क्लबले अनुबन्ध गरेको छ । सो लिग सकिएपछि सन्दीप पुनः बिग ब्यास खेल्न अस्ट्रेलिया नै फर्किने बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.