समग्र टिमको भन्दा मेस्सीको फ्रि-किक गोल धेरै , हेर्नहोस यस्तो छ रेकर्ड
२ दिनअघि स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले इस्पान्योललाई ४–० ले हरायो । अवे खेल खेल्न इस्पान्योलको घरमा पुगेको बार्सिलोनाका टोलीका कप्तान लिओनल मेस्सीले जादुयी प्रदर्शन गरे ।
टोलीको जितमा उनले २ फ्रि किक गोल गरे भने १ गोलका लागि पाससमेत मिलाए । उनले गरेका २ वटै गोल दर्शनीय थिए । सो गोलपछि मेस्सीको खेल कौशलको पुनः एकपटक तारिफ भयो ।
सो खेलको २ गोलपछि मेस्सीले एक नयाँ रेकर्डसमेत बनाए । मेस्सी अब सन् २०१४ पछि युरोपमा शीर्ष लिग खेल्ने कूल ११ टोलीको भन्दा बढी फ्रि कि गोल गर्ने खेलाडी बनेका छन् ।
सन् २०१४ यता मेस्सीले ला ला लिगामा कूल १९ गोल फ्रि किकबाट गरेका छन्, यो सोही अवधिमा युरोपका कुनै पनि शीर्ष टिम (सिंगै टिम) ले गरेको समग्र फ्रि किक गोलभन्दा बढी हो ।
अर्थात्, २०१४ यता मेस्सी एक्लैले जति फ्रि किक गोल गरेका छन्, त्यत्ति युरोपका शीर्ष पाँच लिग खेल्न टोलीले पनि गर्न सकेका छैनन् ।
सन् २०१४ यता ११ टिमले गरेका फ्रि किक गोल :
१९ गोल – लिओनल मेस्सी (एक्लै)
१८ गोल – युभेन्टस (इटाली)
१४ गोल – लियोन (फ्रान्स) रियल मड्रिड (स्पेन) रोमा (इटाली)
१३ गोल – बार्यन म्युनिख (जर्मनी)
१२ गोल– साम्पडोरिया (इटाली) मोनाको र पिएसजी (फ्रान्स)
११ गोल – चेल्सी र लिभरपुल (इंग्ल्यान्ड) मिलान (इटाली)







डिसी नेपाल







Facebook Comment