राष्ट्रियता जोगाउन आन्दोलन गर्ने

डिसी नेपाल
५ पुष २०७५ १४:५३

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का जिम्मेवार नेताहरुले फुटेका तीन पार्टी एक नभए कुनै पार्टी एक्लैले देशमा केही गर्न नसक्ने ठोकुवा गरेका छन् ।

राष्ट्रिय प्रजातान्त्रिक युवक सङ्गठनद्वारा बिहिबार आयोजित कार्यक्रममा नेताहरुले विचार मिल्ने पार्टी मिल्नुको विकल्प नभएको बताएका हुन् । राप्रपा प्रजातान्त्रिकका वरिष्ठ उपाध्यक्ष दीपक बोहराले पार्टी मिलेर वैकल्पिक शक्ति निर्माण गर्नुपर्ने बताए । तीन पार्टीको एकता प्रक्रिया अन्तिम चरणमा पुगे पनि मिल्न नसक्नुका कारण आफूलाईसमेत थाहा नभएको बताउँदै वार्ता समितिमा सहभागी बोहराले आश्चर्य प्रकट गरे । “हामीले एक वर्षमा महाधिवेशन गर्ने भनेर पार्टी एकताका लागि सहमति नजिक पुग्दा फेरि एकाएक मिलेको छैन,” बोहराले भने, “यदि नमिल्ने हो भने पार्टीको महाधिवेशन गर्नुको विकल्प छैन ।” उनले राष्ट्रियता जोगाउन अब राप्रपा प्रजातान्त्रिकले आन्दोलन गर्नुको विकल्प नभएको बताए ।

कार्यक्रममा नेताहरुले पार्टी गठन भएको डेढ वर्ष हुँदासमेत महाधिवेशन नहुनु दुःखद् भएको बताए । पार्टीका अर्का वरिष्ठ उपाध्यक्ष केशरबहादुर विष्टले कुनै पनि नेताले राजाको विषयमा बोल्न नसकेको भन्दै अब राजसंस्था कायम राख्ने गरी राप्रपा प्रजातान्त्रिक अघि बढ्नुपर्नेमा जोड दिए । एकता नहुने भएपछि अब पर्खनुभन्दा पार्टी महाधिवेशन बोलाउन नेतृत्वलाई आग्रह गर्दै विष्टले अबको बैठकमा आफूले महाधिवेशनको प्रस्ताव लिएर जाने उल्लेख गरे । पार्टी गठन भएको डेढ वर्ष हुँदा एकपटक मात्रै के्न्द्रीय समितिको बैठक बसेको उल्लेख गर्दै विष्टले भने, “अब चुप लागेर बस्नु हुँदैन, केन्द्रीय समिति बस्नुप¥यो, नीति स्पष्ट पार्नुप¥यो र महाधिवेशन गर्नुप¥यो ।”

राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विष्णु भट्टराईले सरकार संविधानविपरीत गइरहेको आरोप लगाउँदै यसको प्रतिवाद गर्ने बेला आएको बताए । कार्यक्रममा महामन्त्री राजाराम श्रेष्ठ, सुनील थापा र ध्रुव प्रधानले समान विचारका पार्टी मिलेर राप्रपालाई बलियो बनाउनुपर्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.