‘बुबा-आमाको स्मृतिमा निःशुल्क स्वास्थ्य शिविर’
कवि एवं समाजसेवी सुन्दरमान श्रेष्ठ ‘बागमती भाई’ले आफ्ना स्व. बुबा हरिमान श्रेष्ठ र आमा स्वं सूर्यभक्ति श्रेष्ठको स्मृतिमा शनिबार कोटेश्वरमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गर्दै डाक्टर । तस्वीर : अच्युत रेग्मी
काठमाडौँ । कवि एवं समाजसेवी सुन्दरमान श्रेष्ठ ‘बागमती भाइ’ले आफ्ना स्व बुबा हरिमान श्रेष्ठ र आमा स्व सूर्यभक्ति श्रेष्ठको स्मृतिमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेका छन्।
समाजसेवी श्रेष्ठले गोरख प्राकृतिक चिकित्सा कालिमाटीको सहकार्यमा आफ्ना बुबाआमाको सम्झनामा आज काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका हुन्।
स्वास्थ्य शिविरमा जोर्नी दुख्ने, घुँडा दुख्ने, युरिक एसिड, पिनास, ग्यास्टिक, टाउको दुख्ने, कान दुख्ने, आँखा दुख्ने, महीनावारी गढबढीलगायतका समस्याको जाँच गरिएको थियो।
स्व. हरिमान तथा सूर्यभक्तिका डा हरिमाया प्रधान, सानुमाया श्रेष्ठ र गीता श्रेष्ठ छोरीहरु छन्। स्वास्थ्य शिविरमा ६८ जनाले स्वास्थ्य जाँच गराएका थिए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment